पोखराको साइकल ल्याण्डबाट साढे ६ लाखको साइकल चोरी

पोखरा, २० असार /पोखराको न्यूरोडमा रहेको साइकल ल्याण्डमा गएराति चोरी भएको छ । सटरको चाबी फोडेर २ वटा माउन्टेन बाइक साइकल चोरी भएको सञ्चालक प्रकास बज्राचार्यले जानकारी दिए ।

पोखराको साइकल ल्याण्डबाट साढे ६ लाखको साइकल चोरी
पोखराको साइकल ल्याण्डबाट साढे ६ लाखको साइकल चोरी

उनले चोरी भएको साइकल मध्ये एउटाको ४ लाख २५ हजार र अर्कोको मूल्य साढे २ लाख २५ रुपैयाँ रहेको बताए । उनले पसलमा भएको सबै भन्दा बढि मुल्य पर्ने साइकल चोरी भएको जानकारी दिए ।

साइकलमा पाइडल पनि थिए न पाइड समेत जोडेर लगेको बताउदै उनले सधै जानि राखेकाले नै चोरी गरेको हुनु पर्ने अनुको अनुमान छ । चोरी गर्ने व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...