काङ्ग्रेस लेखनाथ सभापति लामिछाने घाइते

पोखरा, १४ असार। नेपाली काङ्ग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने सवारी दुर्घटनामा परी घाइते भएका छन्।

गण्डकी मेडिकल कलेजमा विरामी भेटि घर तर्फ फर्कने क्रममा मङ्गलबार लेखनाथ –४ बुढिबजारमा मोटरसाईकल दुर्घटना हुदाँ उनी घाइते भएको कास्की काङ्ग्रेसका सदस्य नवीन सिग्देलले बताए। उनले चलाएको ग.७.प १७७१ नम्बरको मोटरसाईकल सडक किनारामा चिप्लेर दुर्घटना भएको थियो।

उनको देव्रे हात भाँचिएको छ। उनलाई उपचारार्थ पोखराको गण्डकी मेडिकल कलेजको अर्थाेपेडिक वार्डमा भर्ना गरिएको छ।
भाँचिएको हातको बुधबार अप्रेशन गरिने र केहि दिन अस्पतालमा बस्नुपर्ने बताइएको छ।

घटनास्थलबाट लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सुमन भट्टराई र प्रथम उपाध्यक्ष बलराम ढकालले उद्वार गरी उपचारका लागि अस्पताल पु¥याएका थिए।

कमेन्टहरु
Loading...