मिनिमाइक्रोको ढोका खोल्दा ढोका नै झरेपछि

पोखराको व्यस्थ बजार पृथ्वीचोकमा शुक्रबार दिऊसो सबै जना छक्क परे । यात्रु ओराल्ने बेलामा पोखरा नगरमा सञ्चालन हुने माइक्रो बसको ढोका नै खसे पछि यात्रु केही बेर त झस्की ए पनि । वरपर भएका सबै जना रमिते पनि बने ।

भुइमा झरेको ढोका यात्रुका सहयोगमा उठाएर राखे पनि बस गुड्यो । बस गुडे पनि एउटा प्रश्न भने छाडेर गएको छ । पोखराका सडकमा गुड्ने बसको कन्डिसन कस्तो छ भनेर ।

सवारी धनीले सवारीको ध्यन नदिएका हुन् कि प्रशासनले लामो समय देखि पुराना सवारीलाई पनि गुड्न दिएका हुन् । आज ढोका खस्ने बसको भोली पाङग्रा नफुस्केला भने के ग्यारेन्टी छ । पाङग्रा फुस्केर कसैको ज्यान गयो भने को जिम्मेवार ? तस्विर ः सुर्दशन रञ्जिन

कमेन्टहरु
Loading...