वैद्यजी पनि एकदिन फर्कनुहुनेछः दाहाल

काठमाडौं, जेष्ठ ११ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकदिन मोहन वैद्य पार्टीमा फर्कने बताएका छन् । नवलपरासी जिल्लाबाट नेकपा-माओवादी त्यागेर एमाओवादीमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो दावी गरेका हुन् ।

image ‘जुन दिन कमरेडहरु निद्राबाट ब्युझिन थाल्नु भयो । त्यही दिनदेखि घर पर्कन थाल्नुभयो’ उनले भने, ‘अन्ततः एकदिन वैद्यजी पनि ब्यूँझनुहुन्छ, त्यसदिन पार्टी र्फकनु हुनेछ ।’

दाहालले नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने पयास जारी रहेको उल्लेख गरे । शनिबार नेकपा-माओवादी नवलपरासी इञ्चार्ज मित्रशरण शर्मा, पूर्व सभासद रुपा विकसहित १८ जना नेता तथा  कार्यकर्ता एमाओवादीमा फर्केका छन् ।

– See more at: http://www.ekantipur.com/np/2070/2/11/full-story/368736.html#sthash.y8VNdTh4.dpuf

कमेन्टहरु
Loading...