पोखरा, ८ असार /पोखराका बासीले दैनिक उपभोग गर्ने पानिको मुहान कस्तो होला तस्विर हेर्ने हो भने स्पष्ट हुन्छ । दैनिक प्रयोग गर्ने पानीको मुहान प्रदुषण बढ्दो छ ।
खानेपानीको श्रोत मर्दिखोलामा सव जलाउने, नुहाउने, चौपाया आहाल बस्ने, खोलामा सवारी गुडाउने, दिसापिसाब जस्ता कृयाकलापले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ ।
पोखराको उत्तरी क्षेत्रमा रहेको लाहाचोक, ल्वाङघलेल लगाएतका क्षेत्रमा बस्ती विकास हुदा मर्दिखोला आसपास प्रदुषण बढ्दो गएको हो । पानीको मुहान जिल्ला विकास समिति कास्कीले नै ३५ लाख रुपैंयामा बालुवा गिट्टी उत्खनन्का लागि ठेक्का टेण्डर खोले पछि मानवीय स्वास्थ्यप्रति सरकारी निकाय गम्भीर नभएको सरोकार वाला बताउ छन् ।
नेपाली काग्रेसले टण्डर रर्द गर्न मंगलबार जिविसमा ध्यानआक्रषणपत्र बुझाएको छ । त्यसै गरि अन्य व्यक्ति तथा संघ सस्थाले सामाजीक संजालमा विरोध गरेका छन् । तस्विर ः पत्रकार राजबहादुर गुरुङको फेसबुकबाट