पश्चिमाञ्जल क्षेत्रीय अस्पतालमा १ करोड ५० लाखमा मुटुरोग केन्द्र

सागर राज तिमिल्सिना
पोखरा, ७ असार/पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मुटुरोग उपचार केन्द्र संचालनमा आएको छ । लायन्स क्लबको करिब १ करोड ५० लाखको लागतमा केन्द्र संचालनमा ल्याएको हो । केन्द्रको मंगलबार उपप्रधानमन्त्री सिपि मैनालीले उद्घाटन गरे ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालको संयोजनमा लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसनको १ करोड ५ लाख, पोखरा उद्योग वाणिज्य संघको १५ लाख सहयोग, पोखराका लायन्सहरुको ७ लाख र अन्य १५ लाखको लागतमा केन्द्र संचालनम आएको हो ।

लायन्सको सयहोग आसियुमा ४ बेडलाई थप गरि मुटुरोगिको उपचालक लागि आवश्यक उपकारण जोगिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका गर्भनर धुर्वबहादुर थापाले जानकारी दिए । उनले हर्टकेयर सेन्टरमा आवश्यक अत्याधुनिक मेसिन जडानको जानकारी दिए । पोखरामा मुटुको उपचार केन्द्र आवश्यक भएकाले लायन्सले पहल गरेको थापाले बताए ।

केन्द्र सञ्चालन पछि पोखरा तथा आसपासका जिल्लाका मुटुका बिरामीहरु प्रत्यक्ष लाभान्वित हुने पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका सुपरीटेन्डन डाक्बर श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । उनले मुटुरोगको पोखरामा अप्रेसन गर्न नमिल्ने बताउदै हर्टकेयर सेन्टरको स्थापना पछि मुटुरोगको प्रथामिक उपचार पोखरामा नै हुने बताए ।

कमेन्टहरु
Loading...