सभासद रानाद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको निरीक्षण

पोखरा, २६ जेठ/सभासद बिन्दादेवी रानाले कास्की क्षेत्र नं ३ अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको स्थलगत निरीक्षण गरेकी छन् । रानाको नेतृत्वको टोलीले बुधबार विभिन्न योजनाहरुको निरीक्षण गरेको हो ।

पोखरा–२४ फुस्रेखोला–रामदी–मट्टीखान ग्रामीण सडक, पोखरा–२४ कै दोपरे–कृष्ति–माझगाउँ–बक्रेक–पौवेगौडे ग्रामीण सडकको अनुगमन गरिएको छ । पोखरा–२३ फोक्सिङकोट कालिका मन्दिर, लेखनाथ–१८ भरत पोखरी नमुना मार्ग ट्रयाक खोल्ने योजना, लेखनाथ–१८ कै शान्ति उदय उच्च माविको पर्खाल निर्माण र लेखनाथ–१६ तिक्लाङ खानेपानी टंकी निर्माण योजनाको पनि स्थलगत अनुमगन गरिएको रानाले जानकारी दिइन् ।

निरीक्षण टोलीमा जिविसका प्राविधिकहरु इन्जिनियर राजु रेग्मी, इन्जिनियर सुमन गिरी, सवइन्जिनियर बेदराज पहारी सहभागी थिए । सञ्चालित योजनाहरुको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको रानाले जानकारी दिइन् । ‘सबै योजनाहरुको काम राम्रोसँग अगाडि बढिरहेको छ,’ उनले भनिन् ।

कमेन्टहरु
Loading...