बहिनीको सव हेरेपछि भावविव्हल बने बिमल

काठमाडौ, १४ जेठ/बेल्जियममा रहेका राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिमगर नेपाल आएका छन् । १७ वर्षीय बहिनी मनिषाको बिहीबार शंकास्पद मृत्युको शोकमा रहेका बिमल त्रिभुवन बिमानस्थलबाट शिक्षण अस्पताल पुगेका थिए।

एक मात्र बहिनीको वियोगमा मर्माहत बिमल निकै भावविव्हल थिए । एकतर्फ आफैं सम्हालिन सकिरहेका थिएनन्, अर्कोतर्फ आमालाई सम्हाल्नुपर्ने अवस्था उनको थियो । टिचिङ हस्पिटलमा बहिनीको शव देखेपछि उनी निकै भक्कानिए ।

आमा छोरालाई टिचिङ हस्पिटलमा उपस्थित इस्टमित्र र आफन्तले सान्त्वना दिएका थिए । नवलपरासीस्थित आफ्नै घरभित्र मृत भेटिएकी मनिषाको टिचिङ हस्पिटलमा पोस्र्टमार्टम गर्न ल्याइएको हो ।

बहिनीको सव हेरेपछि भावविव्हल बने बिमल तस्विर अनलाइन खबरबाट
बहिनीको सव हेरेपछि भावविव्हल बने बिमल तस्विर अनलाइन खबरबाट
कमेन्टहरु
Loading...