११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको शुरु

पोखरा, १० जेठ/नेपाल तेक्वान्दो संघको कार्यक्रम तथा कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा आज देखि पोखरामा ११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मध्यमाञ्चलका मनोज बिकले नेपाल आर्मीका प्रदिप लामालाई जीतेका छन ।

भोली सम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच टीम र तीन विभागीय टीमसहित जम्मा आठ टीमको सहभागिता रहने छ। महिलातर्फ आठ तथा पुरुषतर्फ आठ गरी १६ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगितामा एक सय ४४ जना खेलाडी तथा ४२ जना प्रशिक्षकको सहभागिता रहेको छ ।

प्रतियोगितामा करिब १२ लाख खर्च हुने अनुमान गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई सबैभन्दा धेरै मेडल दिलाएको तेक्वान्दो खेलमार्फत हालसम्म चार जना खेलाडीले ओलम्पिक गेममा सहभागिता जनाएका छन् ।

 

कमेन्टहरु
Loading...