पोखरा, ७ जेठ/भूकम्पका कारण भत्किएको धादिङ्गको एक विद्यालयको पोखराको बिजीवि क्याफेले पुर्न निमार्ण गरेको । गत बैशाखको महाभूकम्पले धादिङ्ग, नलाङ–६, बुङचुङस्थित नागेश्वरी प्राविको भवन भत्किएको थियो । शनिबारको दिन भएकाले भौतिक क्षति भएपनि मानविय क्षति भने हुन पाएन ।
आँफु पढ्ने÷पढाउने गरेको विद्यालय भत्किएको अवस्थामा देख्दा विद्यार्थी तथा शिक्षकहरुमा ठूलो चोट पुग्ने गयो । त्यस्तो अवस्थामा रहेको विद्यालयमा फेरी पढाई होला वा नहोला भन्ने चिन्तामा थिए उनीहरु । तर वर्षदिन पनि नबित्दै विद्यालयको स्वरुप फेरीयो । भत्किएको विद्यालको पुननिर्माण भयो । र फेरी विद्यार्थीहरु आफ्नैं विद्यालयमा आए पढ्न पाए। भूकम्पले दिएको आँसुमा खुसि मिस्सियो ।
पोखराको लेकसाइडमा रहेको बिजीबि क्याफेले उक्त विद्यालय भवनको पुननिर्माण गरेको हो । भत्किएको गाह्रो उठाउने, ट्रष्ट लगाउने र जस्ताले छाउने कार्य सम्पन्न भएपछि भत्किएको विद्यालयको रुपै फेरिएको हो । पुर्ननिर्माण कार्यमा झण्डै साढे ४ लाख खर्च लागेको विद्यालय हस्तान्तरण कार्यक्रममा क्याफे सञ्चालक योेगेश भट्टराईले जानकारी दिए । सो अवसरमा क्याफे सञ्चालकहरु सुनिल भट्टराई, सरोज भट्टराई, बसन्त महत लगाएतलाई विद्यालयले सम्मानपत्र प्रदान गर्दैै सम्मान गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध घलेले बिजीबि क्याफेले सहयोग नगरेको भए विद्यालयको यो दिन फिर्न गाह्रो अवस्था रहने औल्याए । त्यस्तै, विद्यालयका प्राचार्य सिताराम न्यौपानेले भूकम्पपछि झण्डै चार महिना खुल्ला आकाशमुनि पुगेका विद्यार्थी शिक्षकहरुलाई पुनःछानामुनि ल्याउन सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । उनले कार्य व्यस्थताका कारण कार्यक्रममा अनुपस्थित बिजीबि क्याफेका अर्का सञ्चालक ज्याक तामाङ्गप्रति पनि आभार व्यक्त गरे । उनले त्यस क्षेत्रमा भत्किएका विद्यालय मध्ये आफ्नो विद्यालय नै पुर्ननिमार्ण भएर पहिलो चरण मै सन्चालन भएको बताए ।
सोहि समारोहमा क्याफेले विद्यालयलाई झण्डै ५० हजार बराबरको शैक्षिक तथा खेलकुद सामग्री सहयोग प्रदान गरेका थिए । सामग्री हस्तान्तरण गर्दै क्याफेका निर्देशक योगेश भट्टराईले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्झिएर विद्यालय पुर्ननिर्माण कार्य गरेको जनाए । सो कार्यमा संयोजनकारी भुमिंका निर्वाह गरेका हेल्पिङ्ग ह्याण्ड्सका दिनेशकुमार थापाले गरेका थिए । क्याफेका निर्देशक भट्टराईले विद्यालयको थप एक कोठा र खानेपानीका लागी ट्याङकी समेत प्रदान गर्ने बताएका छन् ।
