पोखरा बहुमुखि क्याम्पसको पाँचौं सभाले अध्यक्षका लागि तीनजनाको नाम सिफारिस

पोखरा, २५ वैशाख /पोखरा बहुमुखी क्याम्पसको शनिबार पाचौं सभा सम्पन्न भएको छ । सभाले आगामी तिनवर्षे कार्यकालका लागि क्याम्पस संचालन समिति अध्यक्षमा सर्वसम्मत तीनजनाको नामलाई प्रस्ताव गरेको छ ।
सभाले बिष्णुप्रसाद बाँस्तोला, कपिलनाथ कोइराला र भीम गौतमको नाम अध्यक्षका लागि प्रस्ताव गरेको हो । त्रिभुवन विश्वविद्यालयले तीनमध्ये एकजनालाई अध्यक्षमा अनुमोदन गर्नेछ । सभाले कोषाध्यक्षमा जगत केसी र अन्य दुई सदस्यहरुमा नरेन्द्रमान लालचन र मुना बाँस्तोलालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

शनिबार भएको सभाले क्याम्पस प्रमुख सुनील मर्सानीको प्रतिवेदन संशोधन सहित पारित गर्दै क्याम्पस नियमावलीमा समय अनुकुल संशोधन गर्न पूर्व क्याम्पस प्रमुखको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
सभाका प्रमुख अतिथि शिक्षाविद् गणेशबहादुर गुरुङले क्याम्पसले शिक्षा क्षेत्रमा पु¥याएको योगदान बिर्सन नसकिने बताए । क्याम्पस संचालनको सुरुका दिन निकै मेहनत गर्नुपरेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्णु बाँस्तोलाले क्याम्पसको शैक्षिक एवं प्रसाशनिक प्रगतिको लागि सबैले हातेमालो गरि अगाडि बढ्नुपर्ने बताए । समारोहमा प्राध्यापक संघका सभापति गुरुदत्त शर्मा, संचालक समिति सदस्य मुना बाँस्तोला, नरेन्द्रमान लालचनले बोलेका थिए । स्नातकतहसम्म पढाई हुने क्याम्पसमा व्यवस्थापन, मानविकी संकायमा अध्यापन हुन्छ ।

कमेन्टहरु
Loading...