कञ्चनजंघा आरोहण गरेर फर्कदै गरेका पाँचको मृत्यु

रविन भट्टराई

९ जेठ, ताप्लेजुङ । कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कदै गरेका पाँच जनाको ज्यान गएको छ । हिम पहिरोमा परी दुई जना हङगेरियन, दुई जना कोरियन र एक जना नेपालीको मृत्यु भएको याम्फुदिन गाविसस्थित याम्फुदिन गेष्ट हाउसका छिरिङ शेर्पाले टेलिफोनमा बताएका छन् ।

जेठ ६ गते नै मृत्यु भएका उनीहरुको अवस्था स्थानियले बिहीबार मात्रै सार्वजनिक गरेका हुन । उनीहरुको शव अहिलेसम्म पनि ७ हजार ५ सय मिटर उचाईको चौथो बेसक्याम्पमा रहेको शेर्पाले बताए ।

उनीहरु सेभेन समिट ट्रेकिङ एजेन्सी र छोयु टे्रकिङ एजेन्सीबाट आएका थिए । साउथ बेसक्याम्प हुँदै आरोहण गरेको टोलीको अझै उद्धार नभएको शेर्पाले बताए । कञ्चनजंघा संरक्षण आयोजनाले भने आफुहरुले पनि सुनेको तर आधिकारीक पुष्टि भईनसकेको बताएको छ । टेलिफोन सम्पर्क नहुने उत्त स्थानबाट भरियाहरु याम्फुदिन आएपछि मात्रै आफुहरुलाई जानकारी भएको स्थानियबासीले बताए ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73992/#sthash.eyNNPJb4.dpuf

कमेन्टहरु
Loading...