दवावको लागि थालिएको रिले अनसन आठांै दिनमा

पोखरा, १४ भदौ / पोखराको बहुप्रतिक्षित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल थाल्नको लागि नागरिक दवाव अभियान अन्तर्गत भएको रिले अनसन आज आठौं दिनपनि जारी छ । अनसनमा आज नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष पदाधिकारी, सदस्यहरु अनसनमा बसेका छन् । पोखरा, लेखनाथ, तनहुँ, पर्वत, स्याङ्गजा, लमजुङ, म्याग्दी जिल्लाका उद्योग, व्यवसायी अनसन बसेका छन् ।

अनसनमा आज विहान ८ बजेदेखी आजाद श्रेष्ठ, रमेश कर्माचार्य, मानकाजी माकाजु, सुर्यप्रसाद मर्सानी, कुविरकुमार श्रेष्ठ, शुर्दशनकुमार श्रेष्ठ, देवकुमार श्रेष्ठ, रामकृष्ण कर्माचार्य, भेषबहादुर पौडेल, शंकर राजभण्डारी, बेलबहादुर कटुवाल, शान्तिरमण काफ्ले, तेजकुमार मल्ल, होमनारायण श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ, बाबुराम जमरकट्टेल र रविन्द्र श्रेष्ठ अनसनमा बसेका छन् । अपरान्ह चार बजेखि पोखरामा रहेको विकास बैंक तथा फाईनान्सका संचालकहरु अनसनमा बस्ने छन् ।

यसैबीच पोखरामा रहेका सम्पूर्ण लायन्स तथा लियो क्लवलहरुले अनसनस्थल अगाडी करिव ४५ मिनेट मानव साङ्गो प्रर्दशन गरी आन्दोलनमा ऐक्यवद्धता जानाएका छन् । आजै १ बजे डाक्टर र वकिलले पनि अनसनस्थलमा ¥यालि सहित पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाउँदैछन् ।

कमेन्टहरु
Loading...