पोखरा औधोगिक क्षेत्र उद्योग संघको अध्यक्षमा न्यौपाने

पोखरा ,२१ चैत्र/पोखरा औधोगिक क्षेत्र उद्योग संघको अध्यक्षमा विनोद शर्मा न्यौपाने चयन हुनु भएको छ । संघको शनिबार साँझ पोखरामा सम्पन्न १४औ बार्षिक साधारण सभा तथा सातौं अधिवशेनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

पोखरा औधोगिक क्षेत्र उद्योग संघको अध्यक्षमा न्यौपाने
पोखरा औधोगिक क्षेत्र उद्योग संघको अध्यक्षमा न्यौपाने

संघको प्रथम उपाध्यक्षमा बलभद्र नकर्मी ,दित्तिय उपाध्यक्षमा सुरेश बहादुर श्रेष्ठ ,महासचिवमा रुद्रलाल श्रेष्ठ रहनु भएको छ भने संघको सचिवमा दिपेन्द्र बस्ताकोटी र कोषाध्यक्षमा झलकनाथ आचार्य चयन हुनुभएको छ । संघको सदस्यहरुम विश्वबन्धु थापा ,इन्जिनियर श्रीराम पाण्डे, इन्जिनियर शक्ति पाण्डे , इन्जिनियर सुरेन्द्र बहादुर गोदार ,फणिन्द्र राज शर्मा ,सुरेस ध्वजु र देवी प्रसाद अर्याल रहनुरहनु भएको छ ।

१४औं साधारण सभाका प्रमुख अतिथि विकास समितिका सभापति रविन्द्र अधिकारीले उद्योगहरुमा लोडसेडीङको कारण ठुलो नोक्सान भएको भन्दै अबको २ बर्षमा लोडसेडीङको मार खेप्नुनपर्ने बताउनु भयो । अधिकारीले अब नेपाल विकासको गतिमा अगाडी बढेको बताउदै आर्थिक समृद्धिको लागी राजनीतिक गर्नु पर्ने बताउनु भयो ।

उहाँले दुवै छिमेकी देश नेपालमा टे«न भित्राउने पक्षमा रहेको बताउदै दुवै देशसंग समदुरीको दृष्टि राख्नु पर्ने बताउनु भयो ।कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले नाकाबन्दीमा पनि आफ्नो उद्योग सञ्चालन गरेर उद्योगि ब्यवसायीले राज्य लार्य ठुलो गुन लगाएको बताउनु भयो ।

नेपाल औधोगिक क्षेत्र ब्यबस्थापन समितिका महाप्रबन्धक नन्दकिशोर बस्नेतले लेखनाथको पट्नेरीमा औधोगिक क्षेत्र निर्माणको लागि ४५ लाख बजेट छुट्टीसकीएको बताउदै स्थानीयहरुनै औधोगिक क्षेत्रनिर्माण सहयोग गर्नुपर्ने बताउनु भयो ।नेपाल उद्योग महासंघका अध्यक्ष तिल प्रसाद भट्टराईले तिन सिफ्टमा सञ्चालन हुनु पर्ने उद्योग विधुतको कारण एक सिफ्ट मात्रै संचालन गर्न बाध्य भएको गुनासो गर्नु भयो ।

पोखरा उद्योग बाणिज्यसंघका अध्यक्ष विन्दु कुमार थापा , बालाजु उद्योग संघका अध्यक्ष देवलाल तामाङ ,लेखनाथ उद्योग बाणिज्यसंघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारी लगायतले शुभकामना मत्ब्यराख्नु भएको कार्यक्रमको सञ्चलान महासचिव सुरेश बहादुर श्रेष्ठले गुर्नभएको थियो भने कार्यक्रम चन्द्र बहादुर राजभण्डारीको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...