पोखरा सुनचाँदी पसल खुले

सागर राज तिमिल्सिना/पोखरा, ५ जेठ/करिब एकसातादेखि बन्द रहेका पोखराका सुनचाँदी पसल आजदेखि खुलेका छन । बजारमा सुन अभाव भएको भन्दै सुनचाँदी व्यवसायीले गत मंगलबारदेखि अनिश्चितकालका लागि सुनपसल बन्द गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी संघ, कास्कीका सचिव निर्मल दियालीले सुनको कोटा बढाईदिने आश्वासन पाएपछि पसल खोलेको बताए ।

हाल पाईरहेको कोटामा प्रतिमहिना कम्तिमा एककिलो सुन थपिदिने नेपाल सुनचाँदी व्यवसायी महासंघले आश्वासन दिएकोले हालका लागि पसल खोल्न सहमत भएको उनले बताए । सचिव दियालीका अनुसार पोखरामा अहिले दैनिक करिब ३ किलो सुनको माग रहेको छ । तर आयात भने सातामा तीन किलो मात्र छ । हाल पाईरहेको कोटामा मासिक एक किलो सुन थपिदिने महासंघले आश्वासन दिएको उनले बताए ।

हाल सातामा तीनकिलो पाईरहेकोमा त्यसलाई बढाएर चारकिलो पु¥याईदिन आफुहरुले माग गरेपनि महासंघले नसक्ने भन्दै महिनामा एककिलो थपिदिने बचन दिएको दियालीले बताए । कास्की सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतमले थोरै भएपनि राहत पाउने भएपछि हालका लागि आन्दोलन फिर्ता लिएको बताए । केहिदिन अघि सस्तिएको मौका पारेर धेरै उपभोक्ताले एकैपटक आवश्यकता भन्दा बढि मात्रामा सुन खरिद गरेर राखेकोले पनि अहिले बजारमा अभाव भएको उनले बताए ।

कमेन्टहरु
Loading...