जापानीज नागरिकलाई सम्मान

पोखरा, ४ जेठ/निर्मलपोखरीको शैक्षिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल चिल्ड्रेन एजुकेशन प्रमोशन कमिटीको संस्थापक अध्यक्ष मित्सुहिको सिनोकुमाको शनिबार नागरिक अभिनन्दन गरिएको छ । सिनोकुमाले फुकुओका निर्मलपोखरी मावि स्थापना गरि शिक्षाको ज्योती छर्नु पर्छ भन्दै २०५४ बाट आर्थीक, नैतिक र भौतिक सहयोग गर्दैआएका छन् ।

sssकार्यक्रममा स्थानिय विकास अधिकारी ईश्वरराज पौडेल, निर्मलपोखरी गाविस सचिव दमयन्ती पराजुली, विद्यालयका संस्थापक अध्यक्ष कमलमोहन पौडेलले सयूक्त रुपमा सिनोकुमालाई दोसल्लासहित ताम्रापत्र प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय विकास अधिकारी पौडेलले विदेशी लगानीबाट गाउँको शैक्षिक क्षेत्रमा ठूलो योगदान पुगेको भन्दै स्थानीयहरुले यसरी नै सहकार्य गरि शैक्षिक क्षेत्रमा अगाडि बढ्नु पर्ने बताए ।

पौडेलले निर्मलपोखरीको समग्र शैक्षिक चेतनालाई सुद्धढ गरि नागरिकलाई सचेत र सवल बनाउन फुकुओका मावि अग्रणी भूमिका खेलेको बताए । सोही अवसरमा सिनोकुमाले विगतका दिनदेखी अहिलेसम्म विद्यालयलाई सहयोग गर्दै आएको भन्दै आगमि दिनमा पनि सहयोग गर्ने बताए । उनले
विद्यालयको निम्ति २५ लाखको अक्ष्यकोष स्थापना गरेको भन्दै यस रकमबाट आएको व्याजले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।

कार्यक्रममा पूर्व सभासद राविन्द्र अधिकारी, शिनकोकाई जापानका प्रतिनिधी तथा संस्थापक गुठियार धर्म अधिकारी, बरिष्ठ लोक तथा दोहोरी गायक प्रजापती पराजुलीले शुुभकामन दिएका थिए । त्यसैगरी विद्यलाय गुठि संस्थानका संस्थापक अध्यक्ष कमलमोहन पौडेले कार्यक्रमका बारेमा जानकारी दिएका थिए भने कार्यक्रम संचालन सोमनाथ भण्डारीले गरेका थिए ।

उक्त अभिनन्दन कार्यक्रममा सिनोकुमाको स्वागतको लागि बाजासहितको साकृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीद्धारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । फुकुओका मावि सिनोकुमाले विद्यालय स्थापना गरी दश बर्षसम्म आफ्नै नेतृत्वमा विद्यालय संचालन गरी २०६६ सालमा समुदायमा विद्यालय हस्तान्तरण गरेका थिए ।

कमेन्टहरु
Loading...