जहाज दुर्घटना प्रति दुःख व्यक्त

पोखरा, ४ जेठ/पोखराबाट जोमसोमका लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटना प्रति पुर्व परराष्ट्र साहायक मन्त्री एवम् काँग्रेस नेता रोमी गौचन थकालीले दुःख व्यक्त गर्नुभएको छ । गौचनले शुक्रवार एक विज्ञप्ती प्रकाशीत गरी घाइते यात्रुहरुक्ँे स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभएको छ ।

उहाँले जोमसोममा पटक– पटक विमान दुर्घटना भएको बताउदै विमानस्थलाई सुरक्षित बनाउन हवाइ उड्डयन मन्त्रालयलाई आग्रह गर्नुभएको छ । शुक्रवार नाइन एन – एबिओ टुइनेटर जाहाज बिहान अवतरण गर्ने क्रममा जोमसोम विमानस्थलमा दुर्घटना भएको थियो । विमान दुर्घटना भए पनि जाहाजमा रहेका २२ जना यात्रु सबै सकुशल रहेका छन् ।

पोखराबाट १९ यात्रु सहित चालक दलका तीन सदस्य गरी २२ जना रहेको सो जहाज विहान ८ः३३ मा दुर्घटना भएको थियो । दुर्घटनामा मानविय क्षति नभए पनि चालक दलका डि प्रधान र सुरेस के.सी. लगायत अन्य ५ जनालाई केही बढी चोट लागेको छ ।

कमेन्टहरु
Loading...