पोखरामा भोली देखि २५५७ औ वुद्ध जयन्ती सप्ताहव्यापी रुपमा मनाइने

पोखरा, ३ जेठ/बुद्ध जयन्ती मूल समारोह समिति कास्कीले शनिबार देखि विविध कार्यक्रमको आयोजना गरि २५५७ औ वुद्ध जयन्ती सप्ताहव्यापी रुपमा मनाउने भएको छ । समितिले जेठ ११ गते सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी रुपमा वुद्ध जयन्ती मनाउन लागेको हो । सात दिन सम्मको कार्यक्रममा पोखरा र आसपासमा रहेका वौद्ध संघ संस्थाहरुले संयुक्त रुपमा मिलेर कार्यक्रम आयोजन गर्ने व्यवस्था समेत मिलाईएको छ ।

जसअन्तर्गत शनिबार शुभारम्भ ¥याली, निशुल्क स्वास्थ्य शिविर, सद्धर्म सभा धर्मसंघ वुद्ध विहार परिशरमा सरसफाई, म्हणी धङग्यूर पूजा रहेको छ । शुभारम्भ ¥याली धेछेलिङ गुम्बाबाट साईकल र मोटरसाईकल ¥याली सहित शुरु भई पोखराको मुख्य बजार परिक्रमा गरि विश्व शान्ति स्तुपामा पुगी बुद्ध पुजा गर्ने कार्यक्रम रहेको युवा वौद्ध संघ धर्मशिला वुद्ध विहारका अध्यक्ष तथा प्रचार प्रसार समितिका संयोजक सन्देश उदासले जानकारी दिए ।

जेठ ५ गते आँकुर एकल तथा संक्रमित महिला समूह पुरुञ्चौरलाई खाद्य सामाग्री हस्तान्तरण, जेठ ६ गते वुद्ध पुजा तथा धर्मदेशना गणचक्र पूजा हुने मूल समारोह समिति कास्कीका सचिव गोविन्द ताम्राकारले जानकारी दिए । त्यसैगरी जेठ ७ गते रक्तदान धर्मदेशना, प्राणदान, जेठ ८ गते आरोग्य आश्रममा भोजन दान, बृद्धाश्रममा फलफुल वितरण, घाचोक र नदिपुरमा भिक्षु सुभद्र श्रद्धाञ्जली सभा, जेठ ९ गते सुखवती गुम्वामा भएको चिताको सरसफाई गोडमेल र वृक्षारोपण, सदन परिसर सरसफाई तथा वृक्षारोपण र प्रवचन रहेको उनले जानकारी दिए ।

जेठ १० गते प्रभात फेरी, धर्मदेशना र ११ गते धर्मशिला वुद्ध विहारमा चैत्यमा पुजा संकलन र पुजा चलाउने, शिला प्रार्थना वुद्ध पूजा धर्मदेशना र दान कार्यक्रम, बुद्धजयन्तीको शान्ति पद यात्रा विशेष पुजा रहेको छ । जेठ ११ गते वुद्ध पूर्णिमाका दिन भगवान गौतम वुद्धको तस्वीर तथा बौद्ध झण्डा सडक खण्डतिर सजाएर राखिदिन समेत मुल आयोजक समितिले आग्रह गरेको छ । कार्यक्रमलाई सफल वनाउनका लागि भिक्षु श्रद्धानन्दको अध्यक्षमा मुल समारोह समिति समेत गठन भएको छ भने विभिन्न उपसमिति समेत गठन भएको छ ।

बैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतम वुद्धको जन्म, वुद्धत्व प्राप्ति र महापरिनिर्वाणका साथै वुद्ध सम्वत् शुभारम्भ जस्ता महत्वपूर्ण चार संयोज परेको हुदा यस दिनलाई विश्वभर वुद्ध धर्म संघको गुण स्मरण गरि खुशियाली मनाउने प्रचलन रहेको छ । नेपालमा पनि २०१८ साल देखि वुद्ध जयन्ती मनाउदै आएपनि २०३१ सालदेखि सप्ताव्यापी रुपमा वुद्ध जयन्ती मनाउदै आएको मुल आयोज समितिका अध्यक्ष भिक्षु श्रद्धानन्दले जानकारी दिए ।

कमेन्टहरु
Loading...