अख्तियारले माग्यो भ्रष्टाचार हुन सक्ने अखडाको सूची

३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकायमा हुने भ्रष्टाचारबारे चासो देखाएको छ । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा करोडौंको भ्रष्टाचार भएको गुनासो आइरहेका बेला प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त केशव बरालसहितको टोलीले स्थानीय निकायमा भ्रष्टाचारका अखडाहरुबारे विवरण माग गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव, विभागीय प्रमुख, उपत्यकाका नगरपालिका प्रमुखसँग शुक्रबार आयोगको कार्यालय टंगालमा भएको छलफलमा स्थानीयस्तरका सबै समस्या मन्त्रालयले हस्तक्षेप गरी क्रियाशील भई कार्यान्वयन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

‘कुन कुन ठाउँमा के कस्ता किसिमबाट भ्रष्टाचार एवं अनियमितता हुन सक्छन् त्यसको निगरानी एवं अनुगमन गरी अनियमित वा भ्रष्टाचार भएमा को को व्यक्ति जिम्मेवार हुन सक्छन् त्यसको विवरण बनाई र को कसले के कस्तो जिम्मेवारी लिने हो सो सम्बन्धमा स्पष्ट हुन आन्तरिक प्रतिवेदन दिने र सूचना प्रवाह सहज रुपमा सबैले पाउने व्यवस्था मिलाउन निर्देश गर्नुभयो’-सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जनताको लागि सेवा प्रदान गर्न के-के कुराहरुमा अप्ठ्यारो पर्न गएको देखिन्छ भन्नेबारे समन्वय र समयसीमा सहित अनुगमनको खाका तयार गरी सचिवको नेतृत्वमा समाधानको प्रयास गर्न पनि निर्देशन दिइएको अख्तियारले बताएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/71866/#sthash.KbXViPRF.dpuf

कमेन्टहरु
Loading...