संसारका उत्कृष्ट १० उदीयमान पर्यटन गन्तव्यको सूचीमा काठमाण्डौं तेस्रो स्थानमा परेको छ ।यो सूचीमा पर्ने काठमाडौं दक्षिण एसियाकै एकमात्र गन्तव्य हो भने एसियाबाट यो सुचीमा जापानको साप्पोरो र भियतनामको हनोई मात्र रहेका छन् । संसारकै सबैभन्दा ठूलो पर्यटकिय वेबसाइट ‘ट्रिप एडभाइजर’ले लाखौं पर्यटकहरुको प्रतिक्रिया र समीक्षाका आधारमा सूचीको पहिलो स्थानमा क्युवाको हवाना र दोस्रोमा कोस्टारिकाको ला फोर्चुना डे सान कार्लोस रहेको छ । ‘ट्रिप एडभाइजर’को उत्कृष्ट उदीयमान गन्तव्यको सूचीमा काठमाडौं पर्नु नेपालको पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताउदै नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचारप्रसार महाशाखा प्रमुख हिक्मतसिंह ऐरले यही सूचीलाई केन्द्रमा राखेर प्रचारप्रसारलाई तीब्रता दिइने बताएका छन्।
२०८१ बैशाख २६ गते बुधबार