ठमेलको आगलागी ९ घन्टापछि नियन्त्रणमा

३ जेठ, काठमाडौं । राजधानीको ठमेलमा लागेको आगो आज विहान अबेरमात्र नियन्त्रणमा आएको छ । लामो समयको प्रयासपछि आगो नियन्त्रणमा आएपनि भित्रभित्रै सल्किएको आगोलाई पूर्ण रुपमा निभाउन नसकिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

अगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएपनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त आगोले पिलग्रिन बुक हाउसका अधिकांश पुस्तक जलेका छन् भने शेरबहादुर शाही र अजय शाहीका तीनवटा घर जलेका छन् ।aaglagi-thamel-1

आगलागीको कारण खुल्न नसकेको र काठमाडौं गेष्टहाउस नजिकैको रेष्टुरेन्टबाट सल्किए बताइएको छ । आगो निभाउन राजधानीमा सबै दमकल केन्द्रित भएका थिए भने दुईसय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । घटनास्थल साँघुरो गल्ली भएकाले आगलागीस्थलमा दमकल पुर्याउन कठीन भएको र उद्दारमा कठिनाई भएको उद्दारकर्ताहरुले बताएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/71671/#sthash.HY90m77r.dpuf

कमेन्टहरु
Loading...