टेलिकमले घटायो इन्टरनेट शुल्क, नयाँ शुल्क जेठ ३ बाट लागु हुने

३० काठमाडौं । के तपाई इन्टरनेट सेवा महंगो भएका कारण प्रयोग गर्न सक्नुभएको छैन । महंगो भएकै कारण प्रयोग गर्न सक्नुभएको छैन भने तपाइलाई खुसीको खवर छ । नेपाल टेलिकमले सर्वसाधरणको पहुँचसम्म इन्टरेनट सेवा पुर्‍याउन नेपाल टेलिकमले डाटा -इन्टरनेट) महशुलमा कटौती गरेको छ । टेलिकमले जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसदेखि लागु महशुलमा कटौती गरेको हो ।

टेलिकमले डायलअप, आईएसडिएन डायल अप, नाइट सफिर्ङ, एडिएसएल र वाइम्याक्स, इन्टरनेट लिज कनेक्टिभिटी, थ्रिजी, इभिडियो, लगाएतका प्याकेजहरुमा शुल्क घटाएको हो । टेलिकमले एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध भोल्युम बेस्ड प्याकेजमध्ये कुनै पनि प्याकेज एकमुष्ट ३ महिना वा सो भन्दा बढी समयका लागि खरिद गरेमा ३ महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम बोनसको रुपमा उपलब्ध गराउने जनाएको छ ।

वाइम्याक्सको अनलिमिटेड प्याकेजतर्फ २५६ केबीपिएस डाटामा पहिलो ३ महिनाको लागि ३० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ । अहिले २५६ केबीपिएस डाटाको मासिक १५ सय रुपैयाँ तिनुर्छ । त्यस्तै, दुई एमबीपिएस स्पिडको डाटा प्याकेज टेलिकमले ९ हजार ३ सय रुपैयाँमा उपलब्ध गराउने भएको छ । तत्काललाई यो सेवा शैक्षिक संस्था, अस्पताल, सरकारी वा अर्धसरकारी संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगलाई मात्र उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

इभिडियो/पिडिएसएन सेवाको विद्यमन महशुल दर सय केबीको १० पैसालाई परिमार्जन गरेर प्रति एमबीको ५० पैसा कायम गरेको छ । त्यस्तै, थि्रजी/जिपिआएर सेवाको माथिकै महशुल दर कायम गर्न थप आन्तरिक तयारी आवश्यक भएकोले लागु हुने मिती पछि सार्वजनिक गर्ने जनाएको छ । टेलिकमले थि्रजी/इभिडिओ सेवाको भोल्युम बेस्ड प्याकेजमा ३ महिनाका लागि खरिद गर्दा १० प्रतिशत, ६ महिनाका लागि १५ प्रतिशत र एक वर्षका लागि २५ प्रतिशत छुट दिने भएको छ । टेलिकमले २५ एमबी डाटा एक दिनमा खर्च गरे ११ रुपैयाँ र १० जिबी डाटा एक महिनामा खर्च गरे २४ सय रुपैयाँ लाग्ने जनाएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...