क्रिकेट टोलीलाई प्राइम लाइफको ५ लाख

काठमाडौं– विश्व क्रिकेट लिग डिभिजन ३ जितेर आएको नेपाली टोलीलाई प्राइम लाइफ इन्सुरेन्सले शुक्रबार नगद सहित सम्मान गरेको छ। प्राइम लाइफले नेपाली टोलीलाई एकमुस्ट नगद ५ लाख प्रदान गर्‍यो। खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतान र प्राइम लाइफका कार्यकारी प्रमुख रेस्टा झाले नेपाली टोलीका व्यवस्थापक तारिणी विक्रम शाह र कप्तान पारस खड्कालाई चेक हस्तानतरण गरे। नेपाली टोलीलाई सम्मान गरेर प्राइम लाइफले व्यपारिक क्षेत्रबाट उदाहरणीय कार्य प्रस्तुत गरेको पारसले बताए।
प्राइम लाइफले यसअघि शरद भेषावकरलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको प्रसङ्ग कोटयाउदै भने, ‘अहिले विजेता नेपाली टोलीलाई नगदले सम्मान गरेको छ। भोलिका दिनमा यसले थप अपेक्षा गर्ने विश्वास बनाएको छ।’ दुई वर्षअघि प्राइम लाइफले वीरगन्ज यु–१९ टोलीको पनि प्रायोजन गरेको थियो।

प्राइफ लाइफका कार्यकारी प्रमुख झाले विगतमा पनि नेपाली क्रिकेटसँग आफ्नो कम्पनी कँही न कँही आबद्ध भएको जनाउँदै भने, ‘व्यपारिक क्षेत्रबाट गरिएको यो सानो सहयोग हो, भविष्यमा पनि अझ ठूलो सफलता हात पारी अझ सम्मान गर्ने गर्ने अवसर दिनुहुने आशा राखेको छु।’ अध्यक्ष खेतानले इतिहास लेखेको टोलीलाई सम्मान गर्न पाउनु आफ्नो कम्पनीका पनि ठुलो सम्मान भएको बताए।

बर्मुडामा यसै हप्तान सम्पन्न डिभिजन ३ मा पहिलो दुई खेल हारे पनि बाँकी ३ खेल जितेर नेपाली टोली फाइनलमा पुग्दै युगान्डालाई पराजित गरी उपाधि नै जितेको थियो। नेपाली टोलीका पूर्व कप्तान पवन अग्रवालले भने, ‘एक पूर्व खेलाडीका हिसाबमा मलाई यो उपलब्धि स्वर्णीम यात्रा जस्तो लागिरहेको छ।’

कमेन्टहरु
Loading...