चुनाव विथोल्न लोकमानको नियुक्ति : थापा

क्रान्ति शाह/ २७ बैशाख, बारा । नेपाली काँग्रेसका युवा नेता गगन थापाले चुनावलाई प्रभावित पार्न सरकारले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको छ । थापाले यमुलुकमा चुनावी माहोल बन्दै गरेका बेला त्यसलाई बिथोल्न सरकारले कार्कीलाइ अख्तियारको प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको हो ।

बाराको नौतन बहुअरीमा शुक्रवार नेपाल तरुण दल बाराले आयोजना गरेको कार्यक्रममा थापाले चुनावको विपक्षमा हुन सक्ने चलखेलप्रति सचेत रहन आग्रह गर्नु भयो । तराई मधेश नेपाली काँग्रेसको भोट बैंक भएको बताउदै उहाँले थापाले तराईलाई काँग्रेसले गहनाको रुपमा सजाएर राख्नु पर्नेमा जोड दिनु भयो ।

चुनाव हुने सुनिश्चित भइसकेको बताउँदै थापाले भन्नुभयो,’चुनाव विरोधी हुन सक्ने चलखेललाई चिर्न युवाहरु सचेत भएर अगाडि बढनुस ।चुनाव मंसिरसम्म हुन्छ । ‘ cp. onlinekhabar

कमेन्टहरु
Loading...