चीनलाई हात्ती र चेक गणतन्त्रलाई पान्डा उपहार !

२५ वैशाख, काठमाण्डौं । छिमेकी मुलुक चीन र युरोपेली मुलुक चेक गणतन्क्रे नेपाल सरकारसँग आफ्नो देशमा नभएका वन्यजन्तु उपहार मागेका छन् । चीनले हात्ती र चेक गणतन्त्रले रेड पान्डा लैजान लिखित इच्छा व्यक्त गरेका हुन् ।

स्रोतका अनुसार चीनले हात्ती लगे वापत बाघ दिने प्रस्ताव गरेको छ । चेक गणतन्त्रले भने केही खुलाएको छैन् । चीनमा करिब पाँच हजार बाध व्यावसायिक प्रयोजनका लागि पालिएको छ । बन तथा भूसंरक्षण मन्त्रालय सम्बद्ध अधिकारीका अनुसार फ्रान्ससहित अरु केही युरोपेली मुलुकहरुले पनि वन्यजन्तु उपहार दिन औपचारिक वा अनौपचारिक प्रस्ताव गरेका छन् । सरकारले भने उनीहरुको प्रस्तावमा कुनै निर्णय नगरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले भने, ‘वन्यजन्तु माग्दै निवेदन आएका छन् तर हामीले दिने वा नदिने भन्ने निर्णय गरेका छैनौं ।नेपालका धेरै वन्यजस्तु यसअघि पनि विभिन्न देशमा उपहारका रुपमा पुगेका छन् । विशेषगरी सक्रिय राजतन्त्रका बेला धेरै वन्यजन्तु युरोप, बेलायत, अमेरिका, चीन तथा दक्षिण एसियाका विभिन्न देशमा पुगेका थिए । नेपालका सबैभन्दा धेरै गैंडा, हात्ती, चितुवा, रेड पाण्डा, गोही लगायतका वन्यजन्तु विदेसिएका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...