सेती बाढीको डकुमेन्ट्री

रेम बिक
पोखरा, २१ बैशाख/सेतीमा गएको बेमौसमी बाढीले पु¥याएको क्षतीको लेखाजोखा अझैसम्म भएको छैन । दर्जनौँ परिवार घरबारविहिन भए भने धेरैले आफ्ना आफन्तलाई गुमाए । अचानक भएको प्राकृतिक विपत्तीलाई मानिसहरुले चाहेर पनि भुल्न सक्दैनन् । सेतीमा आएको बाढीले अचम्मीत हुनेहरुको संख्या अझै पनि बाक्लै छ । एक वर्षअगाडी घटेको अकल्पनीय घटनाको बारेमा रहेको चासोलाई डकुमन्ट्रीबाट आम मानिसलाई जानकारी दिने उद्देश्यले पत्रकार सागरराज तिमिल्सिना यसको निर्माणमा जुटेका छन् ।

एक दशक यता पोखरामा पत्रकारिता गर्दै आएका पत्रकार सागरराज तिमिल्सिनाले सेती बाढीको विषयमा आधारित रहेर डकुमेन्ट्री बनाईरहेका छन् । ‘डकुमेन्ट्री अहिले अन्तिम चरणमा पुगेको छ ।’ डकुमेन्ट्रीका निर्देशक समेत रहेका तिमिल्सिनाले भने–‘बेमौसममा आएको सेतीबाढी गएकै दिन पारेर प्रदर्शनमा ल्याउने तयारी भैरहेको छ ।’ सेतीबाढीले पु¥याएको क्षती र त्यसको प्रभावको बारेमा डकुमेन्ट्री केन्द्रित रहने निर्देशक तिमिल्सिनाले बताए ।

सेती बाढी आएको बेलामा स्थलगत रिपोर्टिङमा खिचिएका भिडियो क्लिप्सहरुलाई डकुमेन्ट्रीमा समावेश गरेको उनले जानकारी दिए । ‘रिपोर्टिङको क्रममा देखिएका दर्दनाक दृश्यहरु र क्षति विवरणलाई सकेसम्म मैले समावेश गर्ने कोशिष गरेको छु ।’ उनले भने–‘केहि दृश्यहरु अन्य साथीहरुसंग पनि लिएको छु ।’ डकुमेन्ट्रीबाट आम मानिसको चासो मेटाउनुसंगै दुखमा परेका परिवारहरुलाई राहतको व्यवस्था गराउनका लागी सहयोगी भुमिका खेल्ने उनले बताए ।

सेतीमा २०६९ साल बैशाख २३ गते अचानक भिषण बाढी आएको थियो । अन्नपुर्ण तेस्रोको आसपासमा खसेको पहिरोका कारण नदी थुनिएर एक्कासी फुट्दा सेतीमा बाढी आएको अध्ययनले देखाएको छ । बेमौसमी सेती बाढीका कारण पर्यटकीय खारापानी क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको थियो । शनिबारको दिन परेकोले तत्कालिन समयमा आएको बाढीले ६० भन्दा बढी मानिसलाई बेपत्ता बनाएको थियो । हालसम्म २८ जनाको मात्र शव प्राप्त भएको छ । त्यस्तै दर्जनौँ परिवारको घरबास उठेको थियो ।

 

कमेन्टहरु
Loading...