कांग्रेससँग चुनावी गठवन्धन गर्नु एमालेको आत्महत्याः भट्टराई

१८ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भटट्राईले एमालेले नेपाली कांग्रेससँग चुनावी गठवन्धन गर्नु आत्महत्यासरह हुने बताउनु भएको छ ।

baburamमजदुर दिवसको अवसर पारेर इटहरीमा बुधबार आयोजित आमसभामा भट्टराईले एमाओवादी नेतृत्वको मोर्चामा आउन एमालेलाई प्रस्ताव समेत गर्नुभयो । ‘कांग्रेससँग गठवन्धन गर्नु भनेको दाहसंस्कार गर्नु हो, यो आत्महत्यासरह हुन्छ ।’ उहाँले भन्नुभयो-’माओवादी नेतृत्वको बृहत मोर्चामा आउनुको विकल्प छैन ।’ भट्टराईले अब बाख्रा, बाख्रातिर र भेडा, भेडातिर हुने बेला आएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीलाई कम्तिमा १० वर्ष शासन चलाउन दिने हो भने देशलाई आमूल परिवर्तन गर्ने खाका रहेको बताउनुभयो । अब एमाओवादीको नेतृत्वमा मात्रै देशको भविश्य सुरक्षित हुने उहाँले दाबी गर्नुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...