निर्वाचन आयुक्त उप्रेती निर्वाचनको तयारी बुझन कास्कीको भाचोकमा

सागर राज तिमिल्सिना
पोखरा, १६ बैशाख /निर्वाचन आयुक्त निलकण्ठ उप्रेती निर्वाचनको बातावरण बताउन नागरिकता वितरण मतदाता संकलन र एकिकृत घुम्ती सेवाको बारेमा अनुगमन गर्न गाउँ जानथालेका छन् । आयुक्त उप्रेतीले आज कास्कीको भाचोक गाविसको थुम्सीकोट पुगेर निर्वाचनको तयारीका बारेमा स्थानीय र एकिकृत घुम्ती सेवाका बारेमा जानकारी लिएका छन् । उनले निवार्चनका लागी चुनावी माहोल नबने पछि निर्वाचन आयोजको सक्रियतामा घुम्ती शिविर सन्चालन गरेको जानकारी दिए ।

निवार्चन आयोगलाई निर्वाचन ऐन सम्शोधन नहुदा कामहरु अगाडी बढाउन कठिनाइ भएको बताए । आयुक्त उप्रेतीले दलहरु १० दिन भित्र निवार्चन ऐन सम्शोधन गर्ने जानकारी दिएको बताउदै लोकतन्त्रको संस्थागतका लागी निवार्च आवश्यक रहेको बताए । उनले निर्वाचनको माहौल बनाउनका लागी दल दर्ता गर्न आह्वान गरेको बताए । निर्वाचन आयोगले वैशाख १७ देखि जेठ १५ गते सम्मका लागी दल दर्ता खुलाएका छ ।

कमेन्टहरु
Loading...