हङकङ हर्वलमा कोरीयन डा. योङजंगद्धारा प्रशिक्षण

पोखरा, १२ वैशाख/पोखराको महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटमा बुधबार कोरीयका सौर्दयकर्मी डाक्टर योङजंग चु सहितको टोलीले प्रशिक्षण गराएको छ । चु सहित पम जीनले ईन्स्टिच्युटमा रहेका करीब ९० जनालाई प्रशिक्षण गराएको ईन्स्टिच्युटका संचालक मिना गुरुङले बताउनु भयो ।

विना सर्जरीबाट अनुहारको च्याँउरीपन हटाउने, शरीरमा भएको मोटोपन हटाउने, महिलामा हुने वर्थमार्ग हटाउने लगायतका बिषयमा कोरीयन टोलीले प्रशिक्षण गराएको ईन्स्टिच्युटले जनाएको छ ।

संचालक गुरुङले ईन्स्टिच्युटलाई अब कलेजको रुपमा आफुले अघि बढाउने लक्ष्य राखेर कामलाई अघि बढाएको बताउदै कोरीयन टोलीले केहि महिना पछि दुई हप्ते प्रशिक्षण गराउने भएको बताउनु भयो । कोरीयन ईन्टरनेश्नल इनपोट एण्ड एक्सपोर्ट कम्पनीका प्रोपाईटर विनोद लाल श्रेष्ठको नेतृत्वमा कोरीयन टोली नेपाल भ्रमणको क्रममा ईन्स्टिच्युटमा आएको हो ।

कमेन्टहरु
Loading...