कास्कीको सिदानेमा गुरुङ संग्रालय,पञ्चासे जाने पर्यटकलाई नयाँ गन्तव्य

पोखरा, ११ बैशाख/ गुरुङहरुको संस्कृती बचाइ राख्ने उद्देश्यले कास्कीको भदौरे तामागी गाविस ९ सिदानेमा स्थानीय बासीन्दाको पहलमा गुरुङ संग्रालय स्थापना गरेका छन् । संग्रालयको पुर्व पर्यटन राज्य मन्त्रि महादेव गुरुङले उद्घाटन गरेका छन् । कार्यक्रममा गुरुङले आफ्नो ठाउँको विकासका लागी नागरीक नै अगाडी बढ्नु पर्ने बताए । उनले जव सम्म नागरीकहरु आफ्नो ठाउँको लागी अगाडी बढ्दैनन् तव सम्म विकास नहुने बताए ।

देश र आफ्नो ठाउँको विकासका लागी जातजाती नभनी अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्मा, कास्कीका पुर्व जिविस सदस्य हरी लामिछाने, चापाकोट गाविसका पुर्व अध्यक्ष भेषराज पराजुली, भदौरे तामागी गाविसका सचिब हरी अधिकारी, नेपाली काग्रेसका नेता रामकाजी गुरुङ, नेविसंघ कास्कीका अध्यक्ष कल्याण बाबु भण्डारी, नेकपा एमालेका भदौरेका अध्यक्ष लेख बहादुर क्षत्री लगाएतले संग्रालयले गुरुङ संस्कृतीको संरक्षण र पर्यटन विकासमा सहयोग पु¥याउने बताएका थिए ।

कार्यक्रमा स्व. ढक बहादुर गुरुङको सम्झनामा उनिकी श्रीमती अन्जु गुरुङले संग्रालयका लागी नगद एकलाख प्रदान गरीन् । संग्रालय निमाणका लागी पदम बहादुर गुरुङले घर प्रदान गरेका थिए भने समुदायका अन्य व्यक्तिहरुले संग्रालयका लागी आवश्यक साम्रागी प्रदान गरेका थिए । सग्रालयमा गुरुङ संस्कृती झल्कने विभिन्न सामाग्रीहरु राखिएको छ । संग्रालयमा ढिकि, जातो, रोचा, ठेकी, मदानी, स्याखु, नाम्लो, डोको लगाएतका सामाग्री राखिएको छ । संग्रालय निमार्णले पञ्चासे आउने जाने पर्यटकका लागी नयाँ गन्तव्य हुने संग्रालयका अध्यक्ष पदम बहादुर गुरुङले बताए ।

कमेन्टहरु
Loading...