मेरो नेपाल कपको उपाधीका लागि आयोजक मेरो नेपाल र संगम एफसी ‘ए’ भिड्ने

बैशाख ८, पोखरा/मेरो नेपाल युवा क्लव पोखरा–१४ को आयोजनामा मझेरीपाटनमा जारी तेस्रो सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल सोमवार हुने भएको छ । आइतवार हुने भनिएको फाइनल खेल वर्षाका कारण खेल मैदान हिलाम्मे भएपछि सोमवारका लागि खेल तय गरिएको क्लवले जनाएको छ । उपाधीका लागि आयोजक मेरो नेपाल क्लव र संगम एफसी ‘ए’ भिड्ने प्रचार प्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । आइतवार विहान भएको पहिलो सेमिफाइनल खेलमा आयोजक मेरो नेपाल ‘ए’ र एबीसी ‘ए’ बीचको खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राइबेकरमा १०–९ गोल अन्तरले आयोजक मेरो नेपाल फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा संगम एफसी ‘ए’ ले एनवाइसी ‘ए’ रत्नचोकलाई ३–१ को अन्तरले  संगम फाइनलमा पुग्न सफल भयो ।   प्रतियोगिताको विजातालाई ७५ हजार ५ सय ५५, उपविजेतालाई ४० हजार ४ सय ४४ रुपैयाँ नगद साथमा ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक दिवस कुँवरले जानकारी दिए  । यसैगरी अनुशासित टिम, उत्कृष्ट पोशाक, हाइस्कोरर, वेष्ट फेयर प्लेयर र उत्कृष्ट गोल रक्षकलाई  पुरस्कारको व्यवस्थासमेत गरिएको अध्यक्ष हरि जि.सी.ले बताए ।

कमेन्टहरु
Loading...