अपी सातै वषर््ा, सात कार्यक्रम,सातेै शाखा,सातै दिन

पोखरा, ७ गते /कास्कीको लेखनाथ नगरपालीकावाट कारोवार सुरु गरेको अपी फाईनासले सातै वर्षमा प्रवेसको अवसर पारेर सात कार्यक्रम गर्ने भएको छ । फाईनासले सात बर्षमा प्रवेस गरेको अवसरमा आज पोखरामा पत्रकार सम्मेलन गरी सातै वर्ष, सात कार्यक्रम, सातै शाखा, सातै दिन भन्ने मुल नाराका साथ कार्यक्रम सन्चालन गर्न लागेको हो । भोली देखि शुरु भै १४ गते सम्म बिभिन्न कार्यक्रम गरी वार्षिक उत्सव सप्ताहा मनाउन लागेको छ ।

फाईनासले भोली आठ गते लेखनाथ तथा महतगौडामा बृद्धबृद्धालाई खाद्यन्न बितरण, ९ गते भिमादमा छात्राबृद्धि बितरण, १० गते आपुखैरेनीको शिवमन्दिर सरसफाई, तथा छात्राबृद्धी बितरण, ११ गते भद्रकाली सरसफाई तथा भरतपोखरीमा निःशुल्क दन्त शिविर १२ गते कार्यलयहरुमा दिप प्रज्वलन, १३ गते हरीचोकमा जनचेतना कार्यक्रम र १४ गते फाइन्नासको प्रधानकार्यालयमा खुल्ला रक्तदानकार्य क्रम गरी मनाउने फाईनासका अध्यक्ष सुरेन्द्र राज अधिकारीले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...