निर्वाचन मिति अहिले नतोकौं : देउवा

सर्लाही, वैशाख ६ – काँग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले मंसिरमा हुने निर्वाचनको मिति तीन महिना अघिमात्र तोकिने वताएका छन् । लालबन्दीमा शुक्रवार आयोजित पत्रकार भेटमा देउवाले अहिले नै निर्वाचनको मिति तोक्दा सबै काममा बाधा पर्ने र समस्या उत्पन्न हुने वताए । ‘मंसिरमै चुनाव हुन्छ,’ उनले भने, ‘तीन महिना अघि निर्वाचनको मिति घोषणा हुन्छ ।’

चुनावकै प्रसंगमा उनले आशन्न निर्वाचनमा काँग्रेसको पक्षमा जनताले मतदान गर्ने दावी गरे । नवलपरासीमा महासमितिको भेलाले अघिल्ला गल्ती कजमोरी सच्याएर सबैलाई समेट्दै अघि बढ्ने प्रस्ताव पारित गरेकोले जनताको विश्वास काँग्रेसप्रति बढेको देउवाले वताए ।

काँग्रेस आदीवासी, जनजाती, मधेसी, महिला, दलित सबैको चाहना समेटिएको घोषणा पत्र बनाएर चुनावमा जाने उनले उल्लेख गरे । काँग्रेस मधेसकै पार्टी भएको दावी गर्दै देउवाले यस अघि पार्टीले गरेको गल्तीको संजाय मधेसले दिएको वताए । ‘गल्तीको संजाय पाइसकेका छौं,’ उनले भने, ‘मधेसले पनि काँग्रेसलाई विश्वास गरेर चुनावमा जिताउँछ ।’ उनले निर्वाचनको बिरोध गरिरहेका नेकपा-माओवादी, मधेसी जनअधिकार फोरम लगायतका दललाई चुनावमा ल्याउन प्रयत्न भइरहेको वताए । cp. ekantiupr

कमेन्टहरु
Loading...