सहकारीको आँखादान कार्यक्रम

पोखरा, ६ वैशाख – संगम वचत तथा ऋण सहकारी संस्था रामवजार ले सहकारी क्षेत्रमै ईतिहासकै पहिलोपटक आँखादान कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि वैशाख १४ गते कोल्मा वहाकोट तमु समाजको भवन , ईन्द्रमार्गमा गर्न लागीएको आँखादान कार्यक्रममा हिमालय आँखा अस्पताल को प्राविधिक सहयोग र रामवजार टोल सुधार समिति र माछापुच्छ«े एफ.एम.को विशेष सहयोग रहने छ ।

मृत्युपश्चात आँखाको नानीमा रहने पातलो भिल्लीदान गरिने कार्यलाई आँखा दान भनिन्छ । जिवितै हुदाँ आँखा दानको इच्छापत्र भरेर आँखा दानको घोषणा गरि मृत्यु पछि मात्रै आँखा दान गरिन्छ । दृष्टिविहिनहरुले आँखा देख्न पाउने एकमात्र उपाय जिवित व्यक्तिले दिएको आँखा दान नै भएको कारण आफुहरुले आँखादान कार्यक्रमको आयोजना गरेको सहकारीका अध्यक्ष निरज थापाले वताउनुभयो । एक जना जिवित व्यक्तिले दिएको आँखा दान २ जना दृष्टिविहिनलाई प्रत्यारोपण गरिने हिमालय आँखा अस्पतालका प्रशासक प्रमुख नारायण बरालले बताए ।

आँखा दानका लागि दुईप्रति पासपोर्ट साइजको फोटो र आफनो परिवारका २ जना अन्य सदस्यको हस्ताक्षर चाहिने बरालले जानकारी दिनुभयो । नेपाल भर अहिलेसम्म हजारौले आँखा दान गरिसकेका छन् भने त्यत्तिकै मात्रामा दृष्टिविहिनलाई आँखा प्रत्यारोपण समेत गरिएको छ । चर्चित व्यक्तिहरु पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी, नेता निर्मल लामा, कवि केदारमान व्यथित, कलाकार शान्ती मास्के, मिरा आचार्यजस्ता धेरै व्यक्ति यस ससांरमा नभएपनि उनिहरुले गरेका आँखा दानले दृष्टिविहिनहरुले उज्यालो ससांर हेरिरहेका छन् ।

कमेन्टहरु
Loading...