नेपालका लागि भारतीय राजदूतमा रंजित राय प्रस्ताव

४ वैशाख, काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा रंजित रायलाई प्रस्ताव गरेको छ । वर्तमान राजदूत जयन्त प्रसादको कार्यकाल अगष्टमा सकिने भएपछि रायलाई नयाँ राजदूतमा प्रस्ताव गरिएको हो ।

Ranjit Raeद न्यू इण्डियन एक्सप्रेसका एडिटोरियल डाइरेक्टर प्रभु चावलाको साउथ ब्लक वाच शीर्षको लेखमा रायलाई नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेको उल्लेख छ । चावलाले भारतले श्रीलंका, भियतनाम, नेदरल्याण्डका लागि पनि नयाँ राजदूत सिफारिस गरेको  तथा प्रधानमन्त्री मनमोहन सिंहको चीन भ्रमणपछि विदेश सचिव समेत परिर्वतन हुने दावी गरेका छन् ।

काठमाडौंस्थित भारतीय दूताबास स्रोतका अनुसार रायको एग्रिमो स्वीकृतिका लागि पपराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ ।

राय सन् २०१० जुनबाट भीयतनामका लागि भारतीय राजदूत हुनुहुन्छ । सन् १९५७ फेब्रुअरी २५ मा जन्मिएका राय १९८० मा भारतीय कूटनीतिक सेवामा प्रवेश गर्नु भएको थियो । उहाँले २००२ बाट झण्डै ४ वर्षसम्म भारतीय विदेश मन्त्रालयको नेपाल-भुटान डेस्कको सह-सचिवको जिम्मेबारी निभाउनु भएको थियो । त्यसपछि उहाँ बोस्नियाको राजदूत हुनु भएको थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...