
मंगलबार भने प्रति औंस एकहजार ३ सय २७ औंसमा कारोबार हुँदा भएको एकसय २३ डलर घट्ने हुँदा नेपाली बजारमा प्रति तोला ४९ हजार पाँच सय दुर्इ रूपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
सुनको मूल्य निरन्तर ओरालो लागेपछि आफूहरुलाई भने धेरै घाटा हुने सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष मणि रत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसरी भाउ घट्ने हो भने हाम्रो व्यापार त बाढीले बगाए बराबर हुन्छ ।’ ब्यबसायीले बढी मूल्यमा किनेको सुन सस्तोमा बेच्नुपर्ने अवस्था आएको शाक्यले बताउनुभयो । cp. onlinekhabar.com