आन्दोलनमा साथ दिन कलाकार सडकमा

पोखरा, ८ भदौ / पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै नागरिक दबाब समूहले पोखरा विमानस्थल अगाडि सुरु गरेको अनिश्चितकालिन रिले अनसन दोस्रो दिन पनि जारी छ । बिहान आठ बजे बाट दोस्रो दिनको रिले अनसन सुरु भएको हो ।

रिले अनसनमा पश्चिमाञ्चाल होटल संघ पोखराका अध्यक्ष विप्लप पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराई, पर्यटन व्यवसायी बासु त्रिपाठी, गोविन्द पहारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव संजिव बहादुर कोइराला, व्यवसायी ईश्वर कर्माचार्य, बलराम ढकाल र नारायण कोइराला अनसनमा बसेका छन् ।

आन्दोलनलाई रचनात्मक र दबाबमुलक बनाउन अनसन स्थलमा विभिन्न कलाकारहरुको टोलीले सांगितिक कार्यक्रम समेत गरिरहेका छन् । राष्ट्रिय तथा स्थानियस्तरका कलाकार तथा गायकहरुले विभिन्न भजन तथा चुड्काका माध्यमबाट सरकारलाई दबाब दिइरहेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन माग गर्दै रिले अनसन सुरु गरेका पोखरेलीलाई सरकालाई अझ दवाब दिन कलाकाहरुले समर्थन दिदै साथ दिएका हुन् । लोक तथा दोहोरी कलाकारहरुले खैजरी, मुजुरा र मादल लिएर अनसन स्थलको रनक अकै बनाएका छन् । कलाकारहरुले सरकालाई गीतबाटै व्यङ्गो गरे ।

सरकारले रिले अनसनमा बसेका नागरिक दबाब समूहलाई वार्तामा बोलाए पनि वार्तामा बस्न अस्वीकार गरेका छन् । विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएका पोखरेली सँग वार्ता गर्न सरकारले संस्कृति तथा नागरिक उड्यन मन्त्रालयका ऐन—नियम परामर्श शाखाका सह—सचिवको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । विमानस्थल निर्माण सरोकार समितिले भने सरकारले गठन गरेको समितिले निकास दिन नसक्ने भन्दै कम्तीमा पनि मन्त्रीस्तरिय वार्ता समिति गठन गर्नु पर्ने बताएको छ ।

कमेन्टहरु
Loading...