सगरमाथा विवादबारे प्रचण्डले चीनसँग छलफल नगर्ने

१ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो एक हप्ते चीन भ्रमणका क्रममा नेपाल र चीनवीच जारी सगरमाथाको उचाइसम्बन्धी विवादबारे छलफल नगर्ने विज्ञले बताएका छन् । चीनले आफ्नो दाबी गर्दै आएको दोलखाको ६ हेक्टर भूमिमा पनि प्रचण्ड मौन रहने बताइएको छ ।

’प्रचण्डले आफ्नो भ्रमण आर्थिक विकासमा केन्दि्रत हुने बताउनुभएको हुनाले सगरमाथाको उचाइ र दोलखाको ६ हेक्टर जमीनबारे चीनसँग कुरा हुने सम्भावना म देख्तिँन ।’ sagarmatha mountainसीमाविद बुद्धिनारायण श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो- ‘नेपाल र चीनवीचको यही विवादका कारण ६ वर्ष बितिसक्दा पनि सीमासम्बन्धी प्रोटोकोल नवीकरणमा हस्ताक्षर हुन सकेको छैन ।’

श्रेष्ठका अनुसार चीन र नेपालवीच अहिले सीमानामा समस्या देखापरेको छ । दोलखाको लामबगर भन्ने ठाउँमा ६ हेक्टर जमीनबारे नेपाल र चीनवीच विवाद परिरहेको छ । त्यसैगरी सगरमाथाको उचाइका सम्बन्धमा पनि नेपाल र चीनवीच विवाद छ । चीनले सगरमाथाको उचाइ ३ दशमलव ५७ मीटर घटेको लेख्नुपर्छ भन्दै आएको छ भने नेपालले यसलाई मानेको छैन ।’सगरमाथाको उचाइ (रक) चट्टानका आधारमा मापन हुनुपर्ने चीनको माग छ । नेपालले पारम्परिक उचाइलाई नै मानेको छ ।’ श्रेष्ठ भन्नुहुन्छ- ‘अमेरिकाले सगरमाथाको उचाइ २ मिटर बढ्यो भनेको छ । तर, नेपालले बढाउन पनि मानेको छैन र घटाउन पनि मानेको छैन ।’ हामीले आफ्नै स्रोत र साधनले नापी गरेपछि मात्रै घटेको वा बढेको मान्नुपर्ने श्रेष्ठको तर्क छ । चीनले सगरमाथाको ‘रक हाइट’ लिनुपर्छ भने पनि अन्तरराष्ट्रिय मान्यताअनुसार ‘स्नो हाइट’लाई नै मान्यता दिने गरिएको उहाँले बताउनुभयो ।

‘अन्तरराष्ट्रिय सीमानाको सिद्धान्तअनुसार प्रत्येक १० वर्षमा पोटोकल रिन्यु गर्नुपर्नेमा १९६१ यता तीनचोटि रिन्यु भैसके पनि गएको ६ वर्षदेखि चौथो प्रोटोकोल रिन्यु हुन सकेको छैन ।’ -श्रेष्ठले भन्नुभयो, ‘यसअघि एक डेढवर्ष बित्नासाथ रिन्यु हुने गरेको थियो । अहिले रिन्यु हुन नसक्नुमा लामबगर उत्तरको लेप्ची गाउँ नजिकैको बोर्डर मार्कर ५७ मा चीनले ६ हेक्टर जमीन दाबा गरेको छ र नेपालले मानमान्नु नै हो । सगरमाथाको उचाइमा सहमति हुन नसकेकाले पनि प्रोटोकोल रिन्यु नभएको हो ।’

लुम्बिनीसम्म रेलमार्ग बिछ्याउनुपर्छ

चीनले नेपालको सीमानासम्म रेल मार्ग बिछ्याउने इच्छा गरेकाले प्रचण्डले यसबारे प्रस्ताव गरेमा चीनले मान्ने श्रेष्ठ बताउनुहुन्छ । ‘ल्हासाको रेल खासामा हैन, दुरी र लाभको हिसाबले केरुङ हुँदै रसुवागढीसम्म ल्याउनुपर्छ ।’ उहाँले भन्नुभयो- ‘रसुवागढीबाट रेल लुम्बिनी पुर्‍याउन सकियो भने ठूलो पर्यटकीय उपलब्धी हुन्छ र लुम्बिनीबाट वीरगञ्ज हुँदै भारतको रक्सौलसम्म रेलमार्ग जोड्न सकियो भने नेपालको आर्थिक उन्नति राम्रो हुन सक्छ । त्यसैले प्रचण्डले चीनसँग यो प्रस्ताव राख्नुभयो भने नेपाली जनताको हित हुन्छ ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...