तत्काल निर्वाचनको मिति तोक्नुपर्‍योः उच्चस्तरीय समिति

३० चैत, काठमाण्डौं । सरकारलाई सहयोग गर्न बनेको उच्चस्तरीय राजनीतिक समितिले संविधानसभाको निर्वाचन तत्काल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । आज बसेको उच्चस्तरीय समितिको बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर यथा सक्य चाँडो चुनावको मिति घोषणा गर्न आग्रह गर्ने निर्णय गरेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

साथै बैठकमा सरकारको कामकारबाहीका बारेमा पनि छलफल भएको थियो । बैठकमा नेताहरुले सरकार विरुद्ध रहेका दलहरुलाई वार्तामा ल्याउन पहल गर्ने पनि निर्णय गरेकाछन् ।

त्यसैगरी सेनासमायोजन विशेष समितिको विगठनका बारेमा पनि बैठकमा छलफल भएको थियो । सहभागी नेताहरुका अनुसार एमाले, काँग्रेस लगायतका नेताहरुले लडाकूको समायोजन र शिविरको व्यवस्थापन भएपछिमात्र समितिको विगठन गर्नुपर्ने अडान राखेका छन् ।

 

कमेन्टहरु
Loading...