सागर थापा सर्वोकृष्ट फुटबल खेलाडी घोषित

३० चैत, काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा सर्वोत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रवार पत्रकार सम्मेलन गरी थापालाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । एन्फाले थापालाई अपार्टमेन्टको दिएको छ ।sagar-thapa

सर्वोत्कृष्ट फुटबल खेलाडी घोषित भएपछि नेपाली राष्ट्रिय टोलीका कप्तान थापाले सर्वोत्कृष्ट खेलाडी हुन पाएकोमा खुशी लागेको वताए । उनले खेलाडीहरुले देशका लागि खेल्न भएकाले यस्तो सम्मानले खेलाडीहरुमा थप केही गर्ने हौसला र जिम्मेवारी बढ्ने वताए ।

थापाले सन् २००२ मा एशिएन छनोट खेलमा दक्षिण कोरियाविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए भने २०५८ सालमा कुपन्डोलको क्लब फ्रेन्ड्सवाट ए डिभिजन लिग खेल्न सुरु गरेका हुन् । सन् २०१२ मा भारतमा भएको साफ च्याम्पियनसीपमा बंगलादेशसंग १-१ गोलको बराबरी खेल्दा अन्तिम समयमा फि्रकिक मार्फत गोल आकर्षक गोल गरेका थिए । उनको त्यो गोलको निकै चर्चा समेत भएको थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...