पोखरामा ठकुरीहरु एकत्रित हु“दै, राष्ट्रियताका पक्षधर पार्टीस“ग सहकार्य गर्ने

पोखरा, २८ चैत्र/ ठकुरी समाज महासंघ नेपालको दोस्रो महाधिवेशन पोखरमा हुने भएको छ । ठकुरीहरुको नेतृत्वदायी संस्था ठकुरी समाज महासंघ नेपालको आयोजनमा चैत ३० र ३१ गते पोखरामा हुने दोस्रो राष्ट्रिय महाधिवेशनका हुन लागेका हुन् । जातीय मुक्तिको नाममा विभिन्न जातिहरु एकजुट भई अघि बढिरहेको अवस्थामा नेपालभरिका ठकुरीहरुले पोखरामा हुने राष्ट्रिय महाधिवेशनबाट आगामी दिनहरुमा ठकुरीहरु के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरी विभिन्न कार्यक्रमहरु तय गर्ने, संगठनको विधान संशोधन गर्ने र  आगामी तीन वर्षका लागि नया“ नेतृत्व चयन गर्ने आज पोखरामा आयोजीत पत्रकार सम्मेलनमा ठकुरी समाज महासंघ नेपालका अध्यक्ष मोहन विक्रम शाहले जानकारी दिए ।
महाधिवेशनमा नेपालका ३५ जिल्लाबाट करीब तीनसय ५० जना प्रतिनिधि÷पर्यवेक्षकहरुको सहभागिता रहनेछ । महाधिवेशन उद्घाटनपूर्व पोखराको शहीदचोकबाट छोरेपाटनसम्म ठकुरीहरुले ऐक्यवद्धताका साथ ¥याली प्रदर्शन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष शाहाले ठकुरीहरुले नया“ जाति पार्टी खोल्ने कुरामा विश्वास नगर्ने” बताउदै राष्ट्रियता र देश विकासका सवालमा कुनै शक्ति उदाउ“छ भने त्यस शक्तिस“ग सहकार्य गर्न तयार रहेको बताए ।
नेपालको जनगणना २०६८ अनुसार, नेपालभरि करीब चारलाख २४ हजार ठकुृरीहरुको जनसंख्या रहेको छ । त्यसमा पनि नेपालको मध्यपश्चिम क्षेत्रमा ठकुरीहरुको बसोबास बढिरहेको ठकुरी समाज महासंघ नेपालले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...