पशुपंक्षी तथा वाली विमा गर्नु पर्ने सचिब खनाल

पोखरा, २३/ कृषि विकास मन्त्रालयका सचिब जयमुकुन्द खनालले कृषकहरुलाई कृषि व्यवसायीक रुपमा लाग्न सुझाव दिएका छन् । पोखरामा क्षेत्रीयस्तर वर्डफ्लु रोग रोक्थाम र नियन्त्रण सम्बन्धित अन्तरक्रिया कार्यक्रममा खनालले नेपालमा कृषि क्षेत्रमा लाग्ने धेरै नै भए पनि व्यवसायीक कृषि भने धेरै कमले गरेको बताए । उनले कृषिलाई व्यवसायीकी करण गर्न सरकारले पशुपंक्षी तथा वाली विमा माघबाट शुरु गरेको बताए ।

उनले कृषकहरुले पशुपंक्षी तथा वालीको विमा गरि कृषकहरुले दैविक प्रकोपबाट हुने क्षतीलाई न्युनिकरण गर्न सक्ने बताए । कार्यक्रमा पश्चिमाञ्चल क्षेत्रिय पशु निर्देशनालयका निर्देशक डाक्टर वंशि शर्माले ठुलो मात्रामा कुखुरा पालन गर्दा वातावारणीय शुरक्षाका बारेमा पहिले अध्ययन गर्नु पर्ने बताए । उनले ठुलो संख्यामा कुखुरा पालन गर्दा कुखुरा पालनका लागी वातावरण अनुकुल छ वा छैन भन्ने बारेमा अनिवार्य रुपमा अध्ययन गर्नु पर्ने बताए ।

उनले कति पय ठाउँमा वातावरण कै कारण पनि बर्डफ्लु देखापरेको हुन सक्ने बताए । कार्यक्रमा कृषि विकास मन्त्रालयका बजार प्रवधन महाशाखाका प्रमुख डाक्टर रेसव प्रसाद पे्रमीले कृषकले कुखुराको मुल्य नपाउने गरेको बताउदै त्यसका लागी सरकारले व्यवस्थीत गर्ने बताए । छलफल कार्यक्रमा बर्डफ्लु रोक्थाम र नियन्त्रणका लागी कृषक, पशुसेवा कार्यालय र स्थानीय सचेत भएर आगाडी बढ्नुपर्ने बताएका थिए । कार्यक्रमा पश्चिमाञ्चल क्षेत्रका पशु कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रमुखको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...