डुङ्गा दुर्घटना पछि डुङ्गा चढ्दा अनिवार्य लाइफ ज्याकेट लगाुन पर्ने

पोखरा, २२ चैत/ बेगनास तालमा डुंगा पल्टिदा दुई बालबालिकाको मृत्युभएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले महत्वपूर्ण निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी यादवराज कोइरालाको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख र सरोकारवाला संघहरुका प्रतिनिधिहरुको उपस्थितिमा विभिन्न पाँचवटा निर्णय गरिएको छ ।

बिहीबार बसेको बैठकले फेवाताल र बेगनास तालमा डुंगाहरु सञ्चालन गर्दा एक डुंगामा अधिकतम तीनसय केजी वा यात्रु संख्यामा नेपालीको हकमा बढीमा पाँचजना र विदेशीको हकमा चारजना यात्रु मात्र राखेर सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसैगरी फेवातालको बाराही मन्दिर दर्शन गर्न आउने आन्तरिक पर्यटकको हकमा १० यात्रु राखेर डुंगा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक केदार रिजालले जानकारी दिए ।

डुंगाहर बुक गर्ने अवस्थामा लाइफ ज्याकेटको अनिवार्य व्यवस्था गरेर मात्र डुंगा सञ्चालन गर्ने निर्णय गरिएको छ । प्रशासनले अनिवार्य लाइफ ज्याकेटको व्यवस्था गर्न निर्देशन गरिएपनि लाइफ ज्याकेटको भने पर्याप्तता भने छैन् । फेवाताल र बेगनासतालमा गरी दुईसयको हाराहारीमा लाइफ ज्याकेट छन् । तर एकैपटक आन्तरिक तथा बाह्य पर्यटकको ओईरो लागेको अवस्थामा भने लाइफ ज्याकेटको अभाव खड्किने गरेको छ ।

कमेन्टहरु
Loading...