वरिष्ठ अधिवक्तालाई सम्मान तथा अव्यस्त अदालत प्रतियोगिता

पोखरा, २० चैत/कानुनी विद्यार्थीहरुको संगठन युथ लिगल एशोसियसन पृथ्वीनारायणको आयोजनामा अव्यस्त अदालत प्रतियोगीताको अन्तीम राउण्ड तथा वरिष्ठ अधिवक्ताहरुलाई सम्मान गरिएको छ । प्रतियोगितामा रविन कुमार राज भण्डारी, शंकर शैजु र पुजा पौडेलको समुहले पहिलो स्थान प्राप्त गरेको छ भने सुष्मा पौडेल , विनाका शर्मा र मुना दाहालको समुहले दोश्रो स्थान प्राप्त गरेको छ ।
त्यस्तै सन्तोष सापकोटा, रनिस कान्त झा, विचार सिग्देलको समुह तेश्रो र किरण पौडेल, विक्रम आदित्य सिंह र महेश अर्यालको समुहले सान्तोना स्थान प्राप्त गरेका छन् । महिला हिंसा वढीरहेको अवस्थालाई मध्यनजर गर्दै जवजस्ती करणी सम्वन्धी आयोजना गरीएको उक्त अवस्थ अदालत प्रतियोगीतामा सुष्मा पौडेलले उत्कृष्ठ मुर्टकोर्ट अवार्ड पाउन सफल भएकी छिन् ।

कार्यक्रममा वरिष्ट अधिवक्ताहरु तिलक प्रसाद आचार्य, राम प्रसाद घिमीरे, कृष्ण वहादुर गुरुङ, कृष्ण वहादुर थापा र हरीकृष्ण कार्कीलाई सम्मान गरीएको थियो । सम्मानीत व्यक्तीहरुलाई पुनरावेदन वार अदालतका मुख्य न्यायाधिस माधव प्रसाद चालिसेले सम्मान गरेका थिए भने विजयी तथा उत्कृष्ठलाई प्रमाणपत्र , मेडल र अवार्डाद्धारा सम्मान गरीएको थियो ।

कार्यक्रममा चालिसेले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएमा दक्ष र उत्कृष्ठ जनशक्ती कानुनी क्षेत्रमा प्रवेश गर्ने दावी गरे । त्यसै गरि नेपाल वार एशोसियसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरीकृष्ण काकी, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमीरे, विएएल्एल्विका कोर्डीनेटर हरीप्रसाद सुबेदी, पुनरावेदन वार एशोसियसनका अध्यक्ष मुकुन्द प्रसाद अर्याल, जिल्ला वार एशोसियसनका अध्यक्ष कमल प्रसाद अर्याल स्ववियुका सचिव दिलीप न्यौपाने, छात्रा रक्षा गिरी लगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...