नेपालद्धारा मलेसिया १९ रनले पराजित, सेमिफाइनल प्रवेशको सम्भावना बलियो

१७ चैत, काठमाडौं । एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ । यससँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । ‘आजको दिनको दिन हाम्रो लागी राम्रो रहृयो’ खेलपछि प्रशिक्षक पुबुद्धु दशानायकले भने-’हाम्रो सेमिफाइनल प्रवेशको सम्भावना ९० प्रतिशत छ ।’ कप्तान पारस खड्काले आज धेरै दबाव भएपनि जितका लागि ढुक्क भएर खेलेको बताए । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएपनि माल्दिम्सले पनि जितेकाले सिंगापुरविरुद्धको खेलमा केही दबाव हुने बताए ।

समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ । नेपाल रहेको समूह ए बाट हङकङ यसअघि नै सेमिफाइनल पुगिसकेको छ । ३ खेलबाट ४ अंक जोडेको नेपालको १ दशमलव २०० रन रेट छ भने तेस्रो स्थानमा रहेको मलेसियाको माइनश १ दशमलव २७६ र माल्दिभ्सको माइनश ३ दशमलव ५३२ छ ।

नेपालले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रमा समेटियो । उसका सफिकले ५३ रन बनाएपनि हार टार्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका संजम रेग्मी र पृथु बास्कोटाले समान २-२ विकेट लिए । एक क्याच समेत गरेका पृथुलाई खेलाउने प्रशिक्षक पुवुद्धु नशानायकेको रणनीति सफल रहृयो । प्रशिक्षक र कप्तान दुबैले पृथुले राम्रो खेलेको बताए । यस्तै चन्द्र साउद, बसन्त रेग्मी र शक्ति गौचनले समान १-१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानान पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको ८७ रनको मदतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । ५४ बलको सामना गरेका उनले ३ छक्का र ११ चौका हाने । सुवास खकुरेलले २५ तथा विनोद भण्डारीले २० रन बनाए । म्यान अफ दि म्याच घोषित उनले १० हजार नगद पाए ।

अन्य व्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । पृथु बास्कोटाले ७, शक्ति गौचनले ६, चन्द्र साउद र ज्ञानेन्द्रले समान २-२ रन जोडे भने सरद भेसवाकर १ रनमा नै फभेलियन फर्किए । प्रदीप ऐरीले भने रनको खाता नै खोल्न सकेनन् । अघिल्ला खेलहरुको तुलनामा शनिबार कीर्तिपुर मैदानमा दर्शकको संख्या निकै बढी थियो । cp. onlinekhabar

कमेन्टहरु
Loading...