विमानस्थल निमार्णका लागि दवाब दिन ¥याली

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा षड्यन्त्र र ढिलासुस्ती भएको भन्दै पोखराका व्यवसायी तथा पोख्ररेलीहरु पोखरा बजार नै बन्द गरेर आन्दोलित भएका छन् ।

दवाब दिने उद्देश्यले विमानस्थल निर्माण सरोकार समितिको आयोजनामा आइतबार पोखरा बजार बन्द गरि दवाब ¥याली निकालिएको छ । बिमानस्थल निर्माणमा दवाब दिन पोखराका सम्पुर्ण शैक्षिक संस्था, उद्योग ब्यवशाय बन्द गरि पोेखरेलीहरु सडकमा उत्रिएका थिए । उनीहरुले सरकार र काममा अवरोध पु¥याउने विरुद्ध चर्का नारा लगाए ।

नागरिक दवाब ¥यालीमा बिभिन्न ंसंघ संस्थाका प्रतिनिधिहरु आ आफ्नो संस्थाको ब्यानर सहित उपस्थित भएका थिए भने बिभिन्न जातिय समुह, बाजागाजा सहितको झाकीको साथ ¥यालीमा सहभागि भएका थिए । पृथ्बीचोक बाट सुरु भएको दवाब ¥याली मुस्ताङचोकमा पुगेर भण्डाफोर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै बिमानस्थल निर्माण सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठले पोखराको दावब कार्यक्रमलाई सरकारले बेवास्ता गरे काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिए । बिकास निर्माणको सवालमा सडकमा ओलर्नु पर्ने अबस्था अत्यन्त दुखदायी भएको बताउदै उनले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माण कार्य अघि नबढे सम्म आन्दोलन जारी राख्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एबं सरोकार समितिका सदस्य आनन्दराज मुल्मीले बिमानस्थल निर्माण कार्य अघि नबढाए बर्तमान सरकार बिरुद्ध आन्दोलन चर्काउने चेतावनी दिए । बिमानस्थलको पक्षमा पोखरेली एकजुट भएको भन्दै उनले सरकारले सहि ढंगले आफ्नो भुमिका निर्बाह गर्न नसकेको बताए ।

गत साउन ३१ गते पोखरा बिमानस्थलमा एक घण्टा धर्ना दिएको समितिले भदौ ७ गते पोखरा बिमानस्थलको सम्पुर्ण हवाई उडान बन्द गर्ने चेतावनी दिईसकेको छ । बिमानस्थल निर्माण प्रक्रिया सुरु हुनै लाग्दा लागत बढी भएको भन्दै प्राधिकरणका कर्मचारीले अबरोध गरे पछि पोखरेलीहरु आक्रोशित भएका छन् । ३८ वर्ष अगाडि पोखराको छिनेडाँडामा अधिग्रहण गरिएको ३ हजार एक सय ६ रोपनी जग्गा अहिले गौचरणमा परिणत भएको छ ।

कमेन्टहरु
Loading...