नवौं इन्द्रेणि सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी तिब्र

पोखरा, १४ चैत्र/वडा नम्वर १ बगरलाई समेटेर फुटवल एकेडेमि सञ्चालन गर्ने उद्येश्यले इन्द्रेणि एकिकृत विकास केन्द्र, बगरको आयोजनामा चैत्रको २३ देखि हुन लागेको नवौं इन्द्रेणि सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । पुरानो टुँडिखेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न केन्द्रका उपाध्यक्ष गहेन्द्रमान श्रेष्ठको अध्यक्षतामा गठित विभिन्न उप–समितिहरुले आ आफ्नों जिम्माका झण्डै ८० प्रतिशत कामहरु पुरा गरिसकेका छन् ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद ६० हजार सहित कप, मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय हुने समुहले नगद ३५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने केन्द्रका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न झण्डै ४ लाख २५ हजार खर्च लाग्ने केन्द्रको अनुमान रहेको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिप्पर तथा अनुशासित टोलिलाई छुट्टाछुट्टै रुपमा आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । उक्त पुरस्कारको प्रायोजन विन्धवासिनी निवासी समाजसेवी अर्जुन श्रेष्ठले गर्ने भएका छन् । ३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा झण्डै ५० टिमको सहभागिता रहने केन्द्रको अनुमान रहेको छ ।

कमेन्टहरु
Loading...