मार्फाली थकालीको तेरेमी पर्व जारी

पोखरा १४ फागुन/मार्फा मुलका थकालीहरुले विविध कार्यक्रमको आयोजना गरी फागु पर्व तेरेमी मनाइरहेका छन । मुस्ताङ्ग मार्फा र थाकखोला आसपासमा वसोबास गर्ने थकालीहरुको समुह मार्फा थकाली समाजले तेरेमी पर्वको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरेको हो । हप्तादिनसम्म मनाउने पर्वलाइ मार्फाबाट पोखरा वसाइ सरी आएका थकालीहरुले तरेली पर्व मनाइरहेका हुन ।

मार्फामा हप्तादिन सम्म विविध कार्यक्रमको आयोजना गरी तेरेमी पर्व मनाइने भएतापनि पोखरामा वसाइ सरी आएका थकालीहरुले भने फागु पूर्णिमा देखि ४ दिन सम्म विविध कार्यक्रमको आयोजना गरी तेरेमी पर्व मनाइरहेको मार्फा थकाली समाजका अध्यक्ष नरेन्द्रं लालचनले वताए । लालचनका अनुसार मंगलबार बाट शुरु भएको तेरेमी पर्वमा तारा खेल्ने थकालीहरुको मौलिक गीत तेरेमी गाउने , थकाली भाषाको गीत विमोचन , विभिन्न सास्कृतिक कार्यक्रमहरु गरिने भएको छ ।

यसैविच बुधबार विभिन्न कार्यक्रमहरु गर्दै आइरहको टे«ेनर नेपालले नेपालमानै पहिलो पटक आयोजना गर्न लागेको मिस थकालीको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा वोल्दै टे«ेनर नेपालका संयोजक रबिन गुरुङले नेपालमानै पहिलो पटक आयोजना गर्न लागेको मिस थकालीको वारेमा जानकारी दिदै थकालीहरुको मौलिक पहिचान र सस्कृतिलाइ जगेर्ना गर्दै थकाली यूवतीमा भएको प्रतिभालाइ प्रस्फुटन गर्नको लागी मिस थकालीको आयोजना गर्न लागेको वताए ।

 

कमेन्टहरु
Loading...