पोखरामा रंगमञ्च दिवस मनाइयो

पोखरा १४ चैत/पोखरामा ५२ औ रंगमञ्च दिवस मनाईएको छ । पोखरेली नाट्य
प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा नाट्य क्षेत्र सुस्ताएकोमा चिन्ता
व्यक्त गरेका थिए । केही बर्ष सम्म नाट्य क्षेत्रमा चर्चित पोखरा अहिले
सुस्ताएकोमा बरिष्ठ सहित्यकार सरुभक्त श्रेष्ठले चिन्ता व्यक्त गरेका छन् ।

उनले सुस्ताएको नाट्य क्षेत्रलाई गतिशिलता दिनु आवश्यक रहेको औल्याएका थिए ।
प्राज्ञ तिर्थ श्रेष्ठले रंगमञ्च दिवस शुभकामना साटेर मात्रै होइन नाट्क नै मञ्चन
गरेर मनाउनुपर्नेमा जोड दिए । गायक तथा संगीतकार सरोजगोपाल
बज्राचार्यले उनले केही बर्ष अघि सम्म नाट्य हेर्ने भिडभाड अहिले त्यस्तो केही
हुदैन भनेर चिन्ता व्यक्त गरेका थिए । क्रियाशिल नाटककार नै पलायन हुनु दुखद
रहेको चर्चा गरेका थिए । रंगकमी बुद्ध गुभाजुले रंगमञ्च अहिले शिथिल बन्दै
गएकोमा दुख व्यक्त गरे ।

पोखरेली नाट्य प्रतिठानका अध्यक्ष कृष्ण उदासीले नेपाली लोकनाटकलाई विश्व मञ्च सम्म पु¥याउनुपर्ने बताउदै उनले ‘ नेपाली
नाटकमा नविनता र शिल्पशैलीको प्रयोग गर्नु आवश्यक रहेको बताए । उपाध्यक्ष घनश्याम लामिछानेले नेपाली नाट्य क्षेत्रमा खडेरी लागेको बताए ।

कमेन्टहरु
Loading...