हेमजा साहित्य प्रतिष्ठानको ११९ औ काव्यमालामा सुवेदी सम्मानित

पोखरा, १० चैत/१०३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हरियो वन कार्यक्रमद्धार राष्ट्रियस्तरमा आयोजित कविता प्रतियोगितामा प्रथम भएका वसन्त सवेदीलाई हेमजा साहित्य प्रतिष्ठानले सम्मान गरेको छ । हेमजा साहित्य प्रतिष्ठानका आजिव सदस्य तथा आमन्त्रि सदस्य रहेका सवेदीलाई प्रतिष्ठानले शनिबार आयोजित ११९ ओ शुभप्रभात काव्यमालामा सम्मान गरेको हो ।कार्यक्रममा प्रा.डा.रविलाल अधिकारी, प्रतिष्ठानका निवर्तमान अध्यक्ष शोभकार तिमिल्सिना र वर्तमान अध्यक्ष देवि त्रिपाठीले सुवेदीलाई सयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रममा अधिकारीले हेमजालाई आलु महोत्सवले विश्व सामुचिनाए जस्तै साहित्य सिर्जनामा पनि हेमजा उर्भलशिल रहेको सम्मानित व्यक्ति सवेदीले देखाएको वताए । सम्मानित व्यक्तित्व वसन्त सुवेदीले आफु राष्ट्रिय स्तरमा प्रथम हुनुमा प्रतिष्ठान र प्रतिष्ठानले मासिकरुपमा सञ्चाल गर्ने शुभप्रभाव काव्यमालको देन रहेको वताउदै आफ्नो साहित्यको जननी प्रतिष्ठान नै भएको वताए ।

कार्यक्रममा विशेष कविता वाचन कार्यक्रम अन्तर्गत यसपटक नुवाकोटका कवि केशवराज निश्चलको देउकी कविता वाचन गरिएको थियो भने कार्यक्रममा कवि कुलबहादुर केसीको निधन प्रति शोक व्यक्त गरिएको थियो । कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका संस्थापक जनार्जनशरण त्रिपाठी, निवर्तमान अध्यक्ष शोभाकर तिमिल्सिना, वहुउद्देश्यीय सामाजिक विकास संस्था हेमजाका उपाध्यक्ष ईश्वरीप्रसाद बास्तोला, गजलकार वसन्त विनोद प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेलले शुभकामना दिएका थिए । कार्यक्रममा विश्व कविता दिवस तथा नियमित शृखंलाको अवसर पारेर साहित्यकारहरुले रचना बाचन गरेका थिए ।

कमेन्टहरु
Loading...